२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापालाई सभापति र आगामी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा जान काँग्रेस बैठकमा प्रस्ताव

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले महामन्त्री गगन थापालाई सभापति र अबको प्रधानमन्त्री प्रस्ताव गरेर चुनावमा जानुपर्ने मत राखेका छन् ।

जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्दै सकेसम्म नियमित र नभए विशेष महाधिवेशन गरेर भए पनि नेतृत्व परिवर्तन गर्नुपर्ने बताए । अहिले पनि आम जनताको चाहना र पार्टीभित्र प्रभावअनुसार पनि आउने संघीय निर्वाचनमा थापालाई प्रधानमन्त्री प्रस्ताव गरेर जाने निर्णय केन्द्रीय समितिले गर्नुपर्ने बताए ।

उनले भने, ‘म कुरा लुकाउने मानिस होइन । गगन थापा सभापति र प्रधानमन्त्री भए राम्रो हुन्छ भनेर मानिसहरूले भनिरहेका छन् । १४ औँ महाधिवेशनमा पनि धेरै मतसहित महामन्त्री जितेका हुन् । अहिले उनकै पहलमा ५४ प्रतिशतले विशेष महाधिवेशन गर्न हस्ताक्षर पनि गरेको अवस्था छ ।’

सहमहामन्त्री मन्सुर १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट निर्वाचित भएका थिए। तर, आजको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको पक्षमा खुलेका हुन्।