२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘न्यायपालिकामाथि भरोसा कायम राख्नु हाम्रो दायित्व हो’ : प्रधान न्यायाधीश राउत

अ+ अ-

काठमाडौँ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकामाथि सबैको विश्वास र भरोसा कायम राख्नु हाम्रो मुख्य दायित्व भएको बताएका छन् ।

ललितपुर बार एशोसिएसनको सभाहलमा भएको पूर्वन्यायाधीश द्वारिकामान जोशीद्वारा लिखित देवानी कार्यविधि कानुन ‘सिद्धान्त र व्यवहार’ नामक तेस्रो कृतिको सार्वजनिकीकरण समारोहमा मन्तव्य राख्दै प्रधान न्यायाधीश राउतले भने, ‘आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्ण रूपमा सञ्चालनमा आउनेछ, अदालतप्रतिको जनआस्था वृद्धि गराउन फैसलामा विधि शास्त्र हुनुपर्छ मात्रै हैन, यसलाई छिटो र सहज रूपमा दिने व्यवस्था पनि कार्यान्वयनमा आउनुपर्छ ।’

प्रधान न्यायाधीश राउतले पुस्तक लेख्ने र अनुभवलाई समेट्ने अवसर सबैलाई रहेकाले त्यसलाई समात्न सक्नुपर्नेमा जोड दिए । ‘विद्धान लेखकको गहन अध्ययन, अनुसन्धानबाट महत्त्वपूर्ण पुस्तक प्राप्त भएको छ, निष्ठा र अनुभवले खारिएको व्यक्तिले लेखेको पुस्तक अत्यन्तै गहकिलो छ, पुस्तक पढ्न जति सजिलो हुन्छ, लेख्न त्यति सजिलो छैन,’ उनले भने ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले देवानी न्यायसम्पादन प्रणालीलाई यस पुस्तकले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउँदै न्याय क्षेत्र र प्रणालीको सुधारका लागि उत्कृष्ट कृति हुने विश्वास व्यक्त गरेका छन् ।

मुख्यन्यायाधीश कुँवरले न्यायालयप्रति जनआस्था बढाउन र न्याय सम्पादनका प्रक्रियालाई सम्बोधन गर्न यस पुस्तकले सहयोग गर्ने धारणा राखेका छन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले न्याय प्रणालीबाट देवानी प्रकृतिका न्यायसम्पादन छिटो छिटो हुने अवस्था नरहेको अवस्था सुधारका लागि र छिटो मुद्दाको किनारा लगाउनका लागि जटिलतालाई सहजीकरण गर्न यस पुस्तकले योगदान पुर्‍याउने बताए ।

पुस्तकका लेखक एवं उच्च अदालतका पूर्वन्यायाधीश द्वारिकामान जोशीले देवानी मुद्दामा धेरै मुद्दाहरू असफल भएका, धेरै मुद्दामा प्रमाण नपुग्ने अवस्थामा गलत व्यक्तिले पनि न्याय प्राप्त गरेको कतिपय अवस्था रहेका सन्दर्भमा कानुनी सहजताका लागि विद्वतवर्गको मागअनुसार पुस्तकको प्रकाशन गरिएको जानकारी गराए ।

उनले पुस्तकमा धेरै विषयवस्तु समावेश भएको बताउँदै बजारको आवश्यकताअनुसार यो पुस्तक उपयोगी र फलदायी हुने विश्वास व्यक्त गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले र पूर्वन्यायाधीशद्वारा लिखित यस पुस्तक सहज र स्पष्ट रूपमा लेखिएको बताउँदै यसमा गहन विषयवस्तु समेटिएको धारणा राखे ।

उनले सरल र मिठासपूर्ण शैलीमा लेखिएको यस पुस्तकबाट नवप्रवेशी कानुन व्यवसायीलगायत दिग्गज पुराना कानुन व्यवसायी, कानुनका विद्यार्थीलगायतलाई महत्त्वपूर्ण लाभ मिल्ने जानकारी गराए ।