काठमाडौँ । ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेलगत्तै नेपाल जेन जेड फ्रन्टकी संयोजक रक्षा बमले अहिले गृहमन्त्रीको राजीनामा प्रधान विषय नभएको आशय व्यक्त गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा गृहमन्त्रीको राजीनामा भन्दा पनि काम र परिणामको आवश्यकता रहेको बताएकी हुन् ।
‘गृहमन्त्रीको राजीनामा चाहँदैनौँ, परिणाम र काम चाहन्छौँ ’ उनले लेखेकी छन् ।

उनले आफूहरू नागरिक सरकारको पक्षमा रहेको बताउँदै निरन्तर खबरदारी पनि गरिरहने बताएकी छन् ।
सुरुवाती दिनमा गृहमन्त्रीलाई समर्थन गरेका सुधन अहिले भने उनी हट्नु पर्ने बताउँदै आइरहेका छन् ।
‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ भन्दै सुदनले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए ।
सुदनले लेखेका छन्, ‘सहिदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस् ।’
दुई महिना बितिसक्दा पनि कुनै हत्यारालाई पक्रन नसकेको सुधनको जिकिर छ ।
यता रक्षा भने वर्तमान सरकारलाई समर्थन जनाउँदै काम र परिणामप्रति आफूहरूको चासो रहेको बताएकी छन् ।







