२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिक बन्दसूची बुझाएर पुसमै महाधिवेशन गर्नै शेखरले अघि सारे नयाँ विकल्प

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले समानुपातिकतर्फको बन्दसूची बुझाएर पुसको तेस्रो साता महाधिवेशन गर्नु पर्ने विचार व्यक्त गरेका छन्।

शुत्रबार बिहान विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपत्यकामा उपलब्ध आफूनिकट जिल्ला सभापतिहरूसँगको छलफलमा कोइरालाले यस्तो विचार व्यक्त गरेका हुन्।

‘मेरो पहिलो माग निर्वाचन अगाडि नियमित महाधिवेशनले नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने हो,’ छलफलमा सहभागी एक जिल्ला सभापतिले भने, ‘बरु, महामन्त्रीले प्रस्ताव गरेको कार्यतालिका एक साता सारेर पुसको २५ मा समानुपातिकको लिस्ट बुझाइसकेपछि महाधिवेशन गर्दा हुन्छ।’

ती नेताका अनुसार कोइरालाले २१ फागुनको निर्वाचनमा जाँदा नयाँ नेतृत्व लिएरै जानुपर्ने कुरामा आफू स्पष्ट रहेको बताएका छन्।

बैठकमा कोइरालाले नियमित वा विशेष महाधिवेशन भन्ने निर्णय जारी केन्द्रीय कार्यसमिति बैठकले नै निर्णय गर्नु पर्ने बताएका थिए। ‘नियमित महाधिवेशन गर्नुभएन भने १७ (२) अनुसार साथीहरूले विशेष महाधिवेशनका लागि जुन हस्ताक्षर गर्नुभएको छ, त्यो बाध्यकारी छ। त्यो कार्यान्वयन गर्नैपर्छ। त्यसको पनि केन्द्रीय समितिले निर्णय गरोस् भन्ने मेरो चाहना हो,’ कोइरालाको भनाइ उद्धृत गर्दै केही जिल्ला सभापतिले भने।

केन्द्रीय समितिले महाधिवेशनको निर्णय नगरे र समानान्तर भेला गरिए पार्टीलाई संकटमा पार्ने उनले बताए। पार्टीभित्रको वर्तमान संकट समाधान गर्न सबै नेतासँग छलफल गर्ने बताएका कोइरालाले पार्टीलाई एकजुट बनाएर लैजान भूमिका खेल्ने बताएका थिए।

‘मभन्दा सिनियर नेता शेरबहादुरजी सहित सबैसँग मैले संवाद गर्छु। पार्टीलाई मिलाएर लैजानु छ। म बोलचाल बन्द गर्दिनँ, मेरोविरूद्ध गयो, मलाई धोका दियो भनेर म भन्दिनँ। बूढा भए पनि सिनियर नेताका दुई भोट होलान्, उहाँहरूको योगदान होला । उमेर र राजनीतिमा म भन्दा सिनियर सबैसँग म संवाद गर्छु,’ कोइरालाले भने, ‘पार्टीलाई एकजुट बनाएर लैजान सकियोस् । निर्वाचनभन्दा अगाडि नयाँ नेतृत्व ल्याउन सकियोस्।’