२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरूले अबको एजेन्डा प्रतिनिधि सभाको पुनर्स्थापना नभएर फागुन २१ को चुनाव रहेको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनीहरूले यस्तो बताएका हुन् ।

समितिमा संघीय संसद्को आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल भएको छ । बैठकमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी लगायत रहेका छन् ।

जहाँ राष्ट्रिय सभा सदस्यहरूले कतिपय राजनीतिक दलले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरिराखेको भनेर त्यता जान उपयुक्त नहुने राय राखेका हुन् ।

राष्ट्रिय सभा सदस्यहरू उदयबहादुर बोहरा, जगप्रसाद शर्मा, मनरुपा शर्मा, विष्णुकुमारी सापकोटा, गोपी बहादुर सार्की अछामीले चुनावको विकल्प नरहेको बताए ।

‘केही दलबाट पुनर्स्थापनाको कुरा उठाइएको छ’, सांसद बोहराले भने, ‘मलाई लाग्छ– निर्वाचनको विकल्प छैन । पुनर्स्थापनाको मागले मुलुकलाई सही निकास दिन सक्दैन ।’

सांसद मनरुपा शर्माले जेन जेडको सहभागिताको लागि समेत चुनाव आवश्यक रहेको बताइन् ।

‘पुनर्स्थापना भनेको सुनिन्छ । तर चुनावको विकल्प छैन, जेन जेडको सहभागिताको लागि समेत चुनाव अनिवार्य छ,’ उनले भनिन् ।

सांसद सापकोटाले निर्वाचनमा जान दलहरू तयार रहेको बताइन् ।

राष्ट्रिय सभा सदस्यहरू किरणबाबु श्रेष्ठ लगायतले चुनावको वातावरण बन्नुपर्नेमा जोड दिए । ‘शान्ति सुरक्षा र भयरहित वातावरण बनाउने सरकारको प्रतिबद्धमा निर्वाचन आयोग कति विश्वस्त छ ?,’ उनको प्रश्न छ ।

चुनावको वातावरण बनाउन राजनीतिक दलहरू समेत प्रयत्न गर्नुपर्ने सांसद श्रेष्ठको आग्रह छ ।