२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा पुनर्स्थापना कि चुनाव भनेर नअलमलिन कार्यवाहक प्रमुख आयुक्तको आग्रह

अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा पुनर्स्थापना कि चुनाव भन्ने प्रश्नमा रुमलिन आवश्यक नरहेको बताएका छन् ।

निर्वाचनको तयारीको ६० प्रतिशत काम भइसकेको र विगतमा संविधानको धारा टेकेर प्रतिनिधि सभा विघटन भएको जस्तो गरी यसपटक प्रतिनिधि सभा विघटन नभएको ख्याल गर्न उनको आग्रह छ ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यस्तो बताएका हुन ।

समितिमा संघीय संसद्को आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल भएको छ । बैठकमा सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव रु भनेर समाजमा जिज्ञासा रहेको बताएका थिए ।

‘अब प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव ? भन्ने होइन । पुनर्स्थापनाको माग अदालत रहेकाले त्यसमा नजाऔँ,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जवाफ दिए, ‘अहिले विषम परिस्थिति हो । निर्वाचन हुन्छ र हुनुपर्छ ।’

दलहरूलाई पनि चुनाव हुन्छ कि हुँदैन भन्ने बहसमा रुमलिन छाडेर चुनाव हुन्छ भन्ने नारा लिएर अगाडि बढ्न उनको आग्रह छ ।

‘यहाँ चुनाव हुन्छ कि हुँदैन भन्ने होइन, चुनाव हुन्छ र हुनुपर्छ भन्ने नारा लिएर अगाडि बढ्नुस् चुनावको थप माहोल आफैँ बन्छ,’ भण्डारीले भने ।

उनले आफ्नो बुझाइ पनि दोहोर्‍याए, ‘निर्वाचन पक्कै हुन्छ । निर्वाचन गर्नुपर्छ । निर्वाचनको विकल्प छैन । यसमा दुबिधा राख्न जरुरी छैन ।’