काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार पनि ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेको छ।
मन्त्रालयले विभिन्न गाउँपालिकामा कार्यरत २७ जना प्रमुख प्रशासकीय अधिकृतसहित शाखा अधिकृत र इन्जिनियर गरी ३९ जना कर्मचारीको सरुवा गरेको हो।
मन्त्रालयले केही दिनयता खरिदारदेखि उपसचिवसम्मका कर्मचारीहरूको नियमित रूपमा सरुवा गर्दै आएको छ।













