काठमाडौँ । बर्दियामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार गुलरिया-७ का ३० वर्षीय विकास यादवको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
राजापुर नगरपालिका-१० स्थित जोगीपुर हुलाकी सडक खण्डमा राजापुर हुँदै गुलरियातर्फ आइरहेको लुप्र ०३००१प४१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
मोटरसाइकल चालक गुलरिया-७ का ३६ वर्षीय रामदत्त सोनीको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज रिफर गरिएकामा उक्त अस्पतालले यहाँ उपचार सम्भव नभएपछि लखनउ रिफर गरिएको छ ।







