काठमाडौँ । जेन जेड आन्दोलनमा लुटिएको हतियारसहित युवक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कैलाली घर भई काठमाडौँ महानगरपालिका-३२ सहयोगीनगर बस्ने २१ वर्षीय मनोज ढुंगानालाई पक्राउ गरेको हो ।
मनोजले आफ्नो कोठामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार तथा गोली गट्ठाहरू लुकाई राखेको सूचनाका आधारमा खटिएको प्रहरीले ग्याँस गन, मोबाइल १ थान र भिड नियन्त्रणमा प्रयोग हुने लेग गर्ड १ थान फेला पारी पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।







