२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ’ : मुख्यमन्त्री यादव

अ+ अ-

जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम नै मुख्यमन्त्रीमा नियुक्त भएको बताएका छन् ।

आज मुख्यमन्त्री पदमा नियुक्त भएपछि पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री यादवले विगतका मुख्यमन्त्रीहरूले विश्वासको मत प्राप्त गर्न नसकेपछि उत्पन्न भएको  राजनीतिक अन्योलता हटाउन तथा संवैधानिक निकासका लागि आफू मुख्यमन्त्री नियुक्त भएको दाबी गरे । 

प्रदेशको सबैभन्दा ठूलो राजनीतिक दल भएको र सबैभन्दा बढी प्रदेशमा सांसद भएको उल्लेख गर्दै प्रदेशको संवैधानिक संकट समाधान गर्न नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएको उनको भनाइ थियो । 

मुख्यमन्त्री यादवले भने, “आफू मुख्यमन्त्री नियुक्त भएपछि टायर बालेर तथा विध्वंश एवम् तोडफोड गरेर विरोध गर्नुको सट्टा कानुनी प्रक्रियामा आउन राजनीतिक दलहरुलाई आग्रह गर्दछु ।”

उनी मुख्यमन्त्री भएपछि विपक्षी राजनीतिक दल तथा तिनका कार्यकर्ताहरूले  मधेस प्रदेश भवनभित्र आज  तोडफोड तथा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनका कारण  मन्त्रालयहरूको अवस्था अस्तव्यस्त भएको थियो । साथै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीविरुद्ध चर्को नाराबाजी समेत भएको थियो ।