काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार १२ जना उपसचिवको सरुवा गरेको छ। सरुवामा विभिन्न छ वटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालयमा कार्यरत उपसचिवहरू समावेश छन्।
यस क्रममा सरुवा गरिएका उपसचिवमध्ये तीन जनालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ भने बाँकी उपसचिवहरूलाई जिल्ला समन्वय समिति र मन्त्रालयका विभिन्न शाखामा खटाइएको छ।








