काठमाडौँ । निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकरण अभियान पार्टी खारेज गरेको छ ।
गौतमको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो ।
नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले पार्टी खारेजको निवेदन आयोगमा दिएका थिए ।







