२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टीमा फर्किनेले जिम्मेवारी नपाएर कोही खाली हात हुनुपर्दैन’ : शंकर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विभिन्न करणले पार्टीबाहिर रहेर फर्किने नेता, कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुनु नपर्ने भनेका छन् ।

रामकुमारी झाँक्री, किसान श्रेष्ठ, पिताम्बर तिम्सिना, गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङताङसहितका ‘पाटी फर्क अभियान’ मार्फत पुनः जोडिएका नेताहरूसँगको छलफलमा पोखरेलले त्यस्तो आश्वासन दिएका हुन् ।

छलफलमा सहभागी विघटित प्रतिनिधिसभा सदस्य एवं पार्टी नेता किसान श्रेष्ठका अनुसार महासचिव पोखरेलले देशभरिबाट पार्टी फर्किनेहरूको सूची एक साताभित्र पेश गर्न भनेका छन् । पार्टी छोड्दाको अवस्थामा जसको हैसियत जहाँ, जस्तो थियो, त्योभन्दा तलको व्यवहार नहुने महासचिव पोखरेलको आश्वासन छ ।

पूर्वहैसियतभन्दा माथिको जिम्मेवारी दिने पार्टीको अधिकतम प्रयास रहने उनले बताए । तर, कसलाई कहाँ र के जिम्मेवारी दिने भन्नेबारेमा पार्टीमा छलफल गरेर टुंगो लगाइने भएको छ । ‘आउनुभएका सबै साथीहरूको नाम हेरौँ, त्यसपछि कसलाई के जिम्मेवारी दिन उपयुक्त हुन्छ भन्नेबारे त्यसपछि छलफल गरौँ’, महासचिव पोखरेलले भने ।

पार्टीको आसन्न ११ औँ महाधिवेशनमा प्रतिनिधि हुनेदेखि उक्त महाधिवेशन आयोजक कमिटी, विभिन्न विषयगत समिति, उपसमितिहरूमा जिम्मेवारी दिने विषय पनि एक हप्ताभित्र टुंगो लगाउने सहमति भएको श्रेष्ठले बताए । ‘हामी केन्द्रीय कमिटी तहका मान्छेहरूलाई अहिले नेता मात्रै भन्ने, जिम्मेवारीचाहिँ एक हप्तापछि टुंगो लगाउने भन्नुभयो’, उनले भने ।