२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मंसिर २७ गतेपछि एमालेमा ओलीबाहेक कोही नरहने नेकपा नेताहरूको दाबी 

अ+ अ-

काठमाडौँ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले मंसीर २७ गतेपछि एमाले नामको ठूटोमात्र रहने र ठूलो विद्रोह हुने विश्लेषण गरेको छ । 

पार्टी समायोजन समारोहमा नेकपाका नेता तथा कार्यक्रम सञ्चालक प्रकाश ज्वालाले मंसीर २७ गते २०७२ को भन्दा ठूलो भूकम्प एमालेमा जाने दाबी गरेका छन् ।

उनले भने, ‘मंसीर २७ गते ठूलो भूकम्पको धक्का आउँदै छ । २०७२ सालको भूकम्पले धरहरा भत्काएर पुरानो ठूटोमात्र बाँकी रहेजस्तै एमाले पनि ठूटोमात्र रहनेछ । नयाँ धरहरा बन्नेछ । नेकपाको नाममा अझै उचाइमा सशक्त र बलियो नयाँ धरहरा बन्नेछ । एमाले नामको ठूटोमात्र रहनेछ र २७ गतेपछि एमालेमा एउटा विद्रोह हुनेछ, नेकपा अझ सशक्त बन्नेछ ।’

कार्यक्रमका अधिकांश वक्ताले एमालेमा विभाजन हुने भन्दै केपी शर्मा ओलीको तीव्र आलोचना गरेका छन् । उनीहरूले एमालेको महाधिवेशनपछि धेरै नेताले विद्रोह गर्ने बताएका छन् ।

यसअघि भीम रावलसँग एकता पत्रमा सहमति गर्दै संयोजक ‘प्रचण्ड’ले एमालेमा केपी ओलीबाहेक कोही नरहने र सबै आफूहरूसँग आउने दाबी गरेका थिए ।

कार्यक्रममा सहसंयोजक माधव नेपालले केही नेताहरू अहिले नै आउन खोजे पनि एकै पटक ल्याउने गरी रोकिएको बताए । उनले ओलीको नाम नलिई नेकपाको शक्ति देखेर होस गुमाएको र गालीगलौजमा उत्रिएको आरोप लगाए ।