१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को दाबी : ‘विद्यालाई सदस्यता नदिने एमाले मदन भण्डारीको हुन सक्दैन’

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्या भण्डारीलाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको हुन नसक्ने बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टीमा भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान समायोजनका लागि बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले एमालेको वर्तमान नेतृत्वले मदन भण्डारीलाई बदनाम र अपमान गरिरहेको बताए।

‘एमालेको अहिलेको नेतृत्वले मदन भण्डारीलाई बदनाम गर्ने, उहाँको परिवारलाई अपमान गर्ने कोसिस गरिरहेको छ,’ ‘प्रचण्ड’ले भने, ‘पूर्वराष्ट्रपति तथा मदन भण्डारीकी जीवनसंगिनी विद्या भण्डारीकै अगाडि एमाले नेतृत्वले मदन भण्डारीलाई सहकारीको ठगीको आरोप लागेको थियो, चारवटा विवाह गरेको आरोप लागेको थियो भनेर अपमान गर्न खोजे। यो भन्दा अपमान अरू हुन सक्छ ?’

उनले एमालेमा रहेका नेता–कार्यकर्तालाई नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन आह्वान पनि गरे। ‘विद्यालाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको एमाले हुन सक्दैन,’ उनले थपे, ‘एमालेभित्रका इमानदार, देशभक्त, वामपन्थीहरूलाई म आह्वान गर्छु, इतिहासको यति ठूलो धोका महसुस गर्नुभएकै होला। तपाईँहरूसमेत विशाल शक्ति निर्माण गर्ने महान् उद्देश्यसहित यो एकता अघि बढाइएको हो। यो एकीकरण प्रक्रियामा सबै सामेल होऔँ।’

उनले सुदूरपश्चिमको राजनीतिमा प्रभावशाली भूमिका खेल्न सक्ने एमाले नेता, प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री प्रकाशबहादुर शाहले साहस गरेको भन्दै प्रशंसा गरे।

‘प्रकाशबहादुर शाह एक्लै जोडिएको मैले महसुस गरेको छैन। उहाँले आँट गर्नुभयो। अब एमालेभित्र हजारौँ प्रकाशबहादुर शाह जन्मिनेछन्, जन्मिनपर्छ।’