१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल

अ+ अ-

काठमाडौँ । एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको छ । थाइल्याण्डको बैंककमा आज सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको बैठकमा भारतको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख राजेन्द्र सिंहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टलाई नेतृत्व हस्तान्तरण गरे ।

यसअघि भारतका तर्फबाट त्यहाँको आपदा प्रबन्धन प्राधिकरणका प्रमुख सिंह सो संस्थाको अध्यक्ष हुनुहुन्थ्यो । बैठकमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स र श्रीलंकाका सदस्यहरु सहभागी थिए ।

सन् २०२५-२०२६ का लागि एडिपिसिको अध्यक्षको जिम्मेवारी ग्रहणपछि कार्यकारी प्रमुख भट्टले अध्यक्षका रुपमा आफूले एडिपिसीको शासकीय प्रबन्ध, नेतृत्व र संस्थागत विकासको सवलीकरणमा बोर्ड सदस्यको थप क्रियाशीलताको अपेक्षा गरेको बताएको प्राधिकरणले जनाएको छ ।

उनले एडिपिसिका सदस्य राष्ट्रहरु, कार्यक्षेत्र रहेका राष्ट्रहरुका साथसाथै क्षेत्रीय तथा अन्तरराष्ट्रिय परिदृश्यमा दिगो विकास लक्ष्यहरु हासिल गर्न विपद् तथा जलवायु जोखिम न्यूनीकरणलाई अगाडि बढाउन एडिपिसिको विशिष्ट स्थान रहेको बताए ।

जिम्मेवारी ग्रहणलगत्तै एडिपिसी बोर्ड अफ ट्रष्टीको छैटौँ बैठक अध्यक्ष भट्टको अध्यक्षतामा बसेको थियो । एडिपिसिले एसिया र प्रशान्त क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनको लागि क्षमता अभिबृद्धिलगायत क्षेत्रीय कार्यक्रमको नेतृत्व गर्दछ । यी पहलहरु दीर्घकालीन उत्थानशीलता निर्माण गर्न नीतिगत समर्थन र बहुसरोकारवाला सहकार्यमा केन्द्रित रहेका छन् ।

एडिपिसी एक स्वायत्त अन्तरराष्ट्रिय संस्था हो । यसको मुख्यालय थाइल्याण्डको बैंककमा रहेको छ । यस अवधिमा सेन्टरको सह–अध्यक्षता पाकिस्तानले गर्नेछ ।