२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आईजीपी कार्कीको नेतृत्वमा प्रहरीले मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्नेछ’-गृहसचिव दंगाल

अ+ अ-

काठमाडौँ । गृहसचिव रामेश्वर दंगालले प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीले समग्र मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्।

बिहीबार गृह मन्त्रालयमा आयोजित प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका कार्कीलाई दर्ज्यानी चिन्हबाट सम्मान समारोहका क्रममा गृहसचिव दंगालले शुभकामना व्यक्त गर्दै, वर्तमान परिस्थितिमा निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुका साथै मुलुकभरका विभिन्न विकृति र विसंगतिहरू अन्त्य गर्दै सुशासन कायम गर्ने दायित्व सरकारले लिएको उल्लेख गरे।

उनले भने, “यस दायित्वको सफल कार्यान्वयनमा नेपाल प्रहरीको भूमिका अहम छ र प्रहरीले यो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने अपेक्षा गरिएको छ।”

दंगालले नेपाल प्रहरीका प्राथमिकताहरू, कार्य योजना, नीतिगत सुधार, देखिएका चुनौतीहरू तथा भावी योजनाहरूमा गृह मन्त्रालयले निरन्तर समन्वय, सहजीकरण र सहयोग गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे।