२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानको रक्षा र सुशासनका लागि क्षेत्राधिकारभित्र रहेर काम गर्ने प्रदेश प्रमुख कर्णको प्रतिबद्धता

अ+ अ-

जनकपुर । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले संविधानको रक्षा र सुशासनका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

जनकपुरधामस्थित प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्दै आज सञ्चारकर्मीसँग उनले आफूलाई संविधानले दिएको अधिकारभित्र रहेर न्यायपूर्ण रूपमा काम गर्ने बताए ।

प्रदेश प्रमुख डा.कर्णले आफू पत्रकारमैत्री प्रदेश प्रमुखको रूपमा रहने धारणा राख्दै सञ्चारकर्मीलाई राय, सुझाव र सहयोगका लागि आग्रह गरे। उनले मधेस प्रदेश सीताको जननी भूमि रहेको भन्दै यहाँको ऐतिहासिक र सांस्कृतिक पहिचानप्रति सम्मान गर्दै अगाडि बढ्न अपिल गरे ।

प्रदेश प्रमुख डा कर्णले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापकको रूपमा लामो समय सेवा गरेका थिए । त्यहाँबाट सेवा निवृत्त उनले राष्ट्रिय योजना आयोगका सदस्यका रूपमा समेत काम गरिसकेका छन् ।