२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयमित आचरण देखाउन मधेश प्रदेश प्रमुखको आग्रह

अ+ अ-

काठमाडौँ । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मधेश प्रदेशमा पछिल्ला दिनहरूमा देखिएको राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् ।

त्यसले समग्र सामाजिक, राजनीतिक, आर्थिक र प्रशासनिक गतिविधिमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ ।

बिहीबार पदभार ग्रहण गरेका उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सबै पक्षलाई सहकार्य र संयमित राजनैतिक आचरण अपनाउन आग्रह गरेका छन् ।

समाज निरन्तर गतिशील रहने भन्दै उनले आरोह-अवरोह आउनु स्वाभाविक भए पनि अनुशासन, संयतता र दृढताका साथ गन्तव्यतर्फ अविचल रहन  उनको सुझाव छ ।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘प्रदेशमा बढ्दो अनिश्चितता, आशंका, अविश्वास र आक्रोशका कारण विकासदेखि प्रशासनिक कार्यसमेत प्रभावित भइसकेको छ । त्यसैले संविधानको मूल मन्त्र ‘सहअस्तित्व, समन्वय र सहकार्य’ आत्मसात् गर्दै एक-अर्काको अस्तित्व र मर्यादालाई सम्मान गर्न सबै पक्षलाई आह्वान गर्दछु।’

मधेश प्रदेश संघीयता कार्यान्वयनमा मुखर भूमिका खेल्दै आएको भूगोल भएकाले संघीयताको संवर्द्धनमा यहाँका नागरिक, राजनीतिक नेतृत्व र प्रदेश सरकारको विशेष जिम्मेवारी रहेको प्रदेश प्रमुख लाभले उल्लेख गरेका छन्।

उपस्थित राजनीतिक समस्याको विधिसम्मत समाधान निकाल्दै सुशासनयुक्त, सुशिक्षित, सुस्वास्थ्य र समुन्नत मधेश निर्माणको अभियानमा समस्त दल, राजनीतिक व्यक्तित्व, सञ्चार जगत, बुद्धिजीवी, व्यवसायी, नागरिक समाज तथा प्रदेशका कर्मचारीहरू एकजुट हुन उनले आग्रह गरेका छन् ।

‘समुन्नत भविष्यको मार्ग प्रशस्त गर्न सहकार्य, समन्वय र संवाद अनिवार्य छ । मधेश प्रदेशको प्रगतिको महाअभियानमा सबैले हातेमालो गर्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।