२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री खनालले भने : ‘बजारको स्वतन्त्रता कुण्ठित नगरी अर्थतन्त्र अगाडि बढाउनु अहिलेको आवश्यकता’ 

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालको अर्थतन्त्रको चरित्र क्रमशः परिवर्तन भइरहेका भए पनि बजारमुखी उदार आर्थिक प्रणालीलाई नै अवलम्बन गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले आज आयोजना गरेको ‘डा यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उनको योगदान’ विषयक बिचार गोष्ठीमा बोल्दै मन्त्री खनालले राजनीतिक तथा नीतिगत अस्थिरता नेपालका लागि दीर्घकालीन चुनौती बनेको उल्लेख गरेका छन् ।

उनका अनुसार विभिन्न कालखण्डमा आन्तरिक–बाह्य, राजनीतिक तथा प्राकृतिक कारणहरूले आर्थिक क्षेत्रमा दबाब सृजना गर्दै आएको छ । उनले भने, “अर्थतन्त्रको चरित्र बदलिँदै गएको छ । औद्योगिक क्षेत्रको योगदान घट्दो रहेकाले सेवा क्षेत्र र अन्य उत्पादनशील क्षेत्र तीव्र गतिले अगाडि बढिरहेका छन् । तर हामीले बजारको स्वतन्त्रता कुण्ठित नगरीकनै अर्थतन्त्रलाई अघि बढाउनु अहिलेको आवश्यकता हो ।”

अर्थमन्त्री खनालले अर्थतन्त्र निराशाजनक अवस्थामा नभएको दाबी गर्दै हाल करिब आठ प्रतिशत कर्जा प्रवाहले लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सकिने  विश्वास व्यक्त गरे ।

नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच राम्रो नीतिगत सामञ्जस्य रहेको उल्लेख गर्दै उनले आर्थिक नीति तथा राजनीतिक व्यवस्थाले समय-समयमा बाटो बिराउने गरेको पनि टिप्पणी गरे ।

डा. यादवप्रसाद पन्तको स्मरण गर्दै उनले पन्तले आन्तरिक अर्थतन्त्रलाई अन्तरराष्ट्रिय संयन्त्रसँग जोड्ने तथा कृषि क्षेत्रलाई उद्योगसँग समन्वय गराउने कार्यमा ऐतिहासिक भूमिका खेलेको बताए ।