२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राउते खोलामा पक्की पुल निर्माणले नागरिकलाई सहज

अ+ अ-

भोजपुर । जिल्लाका पश्चिमी क्षेत्रका स्थानीयवासीको मुख्य समस्याका रूपमा रहेको राउते खोलामा पक्की पुल बनेपछि सहजता भएको छ । पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीय अहिले सहज रूपमा आवतजावत गर्न थालेका छन् ।

राउते खोलामा पक्की पुल निर्माणपछि छिमेकी जिल्ला खोटाङसँगको आवतजावत पनि सहज भएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए । राउते खोलामा पुल बनेपछि स्थानीयको दैनिकीमा थप सहजता आएको उनको भनाइ छ ।

“राउते खोलामा पक्की पुल नहुँदा यहाँका नागरिकले धेरै सास्ती भोग्दै आएका थिए,” उनले भने, “अब यो खोलामा पक्की पुल बनेर सञ्चालनमा आएको छ । यसले यहाँको जनजीवनमा सहजता थपेको छ । यो पुलले छिमेकी जिल्लाका खोटाङका नागरिकलाइसमेत राहत पुर्‍याएको छ ।”

राउते खोला पुलले साविक वडा नं ७ राउते र साविक वडा नं ५ लेखर्कलाई जोडेको छ । यो खोलामा खोलामा कोशी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय भोजपुरले तीन करोड ५७ लाख रुपैयाँ लागतमा पुल निर्माण गरी सञ्चालनमा ल्याएको हो । 

पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीका अनुसार, एक स्पानमा निर्माण भएको यो पुलको कुल लम्बाइ १६ मिटर २० सेन्टिमिटर रहेको छ । पुल सञ्चालनमा आएपछि स्थानीयको वषौँदेखिका समस्या हटेको उनको भनाइ छ । 

बाढी आउने समयमा खोलामा नै बास बस्नुपर्ने बाध्यता रहेकोमा अहिले पक्की पुल बनेपछि यातायात सञ्चालन सहज भएको सवारी चालक मिलन तामाङले बताए ।