काठमाडौँ । स्याङ्जामा एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिका-९मा बस्ने ३६ वर्षीय राम प्रसाद भट्टराईलाई बिहीबार बेलुकी प्रहरी चौकी गल्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा १ थान भरुवा बन्दुक फेला पारी पक्राउ गरेको हो ।
उनलाई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







