२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी

अ+ अ-

खार्तुम(सुडान)। पछिल्लो समयमा बढ्दो मानवीय आवागमनका तथा उच्च जनसङ्ख्याका कारण सुडानको मानवीय अवस्था द्रुत रूपमा बिग्रँदै गएको संयुक्त राष्ट्रसंघका मानवीय निकायहरूले चेतावनी दिएका छन् ।

 बढ्दो मानवीय संकटका कारण यस क्षेत्रबाट भाग्न खोज्ने नागरिकहरूमा निराशता बढ्दै गएको पोर्ट सुडानमा युएनएचसीआरको उप–कार्यालय प्रमुख ज्याकलिन विल्माले प्रकाश पारेका छन् । 

उनले ठूलो सङ्ख्यामा मानिसहरू अल–फसिरमा रहेको जनाउँदै उनीहरू हिँडिरहेको तर खतरा वा अल–फसिरमा फर्कने जोखिमका कारण उनीहरूलाई यात्रा रोक लगाइएको जनाएका छन् । 

यसै गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुडानमा बढ्दो भोकमरी र हैजाको प्रकोपले तीन हजार ५०० भन्दा बढीको ज्यान लिएको जनाएको छ ।

डब्ल्यूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले सुडानले विश्वको सबैभन्दा खराब खाद्य संकटको सामना गरिरहेको जनाउँदै गत सेप्टेम्बर सम्म दुई करोड १० लाख भन्दा बढी मानिसहरूले खाद्य असुरक्षाको सामना गरिरहेको बताएका छन् । 

उनले अल–फसिर र काडुगलीमा अनिकाल व्याप्त भएको पुष्टि गर्दै अहिले दारफुर र कोर्दोफानका अन्य २० वटा क्षेत्रहरू खतरामा परेको जनाएका छन्  ।

संयुक्त राष्ट्रसंघीय माइन एक्सन सर्भिस (युएनएमएएस) का अनुसार खाद्यान्नको अभाव र रोगका कारण मात्र नभई विस्फोटक पदार्थ र लडाइँबाट पनि विभिन्न खतरा बडेका छन् ।   

संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले गत शुक्रबार अल–फसिरको अवस्था बारे छलफल गर्न र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) मा सहरको पतनको क्रममा भएको सामूहिक हत्याको सम्बन्धमा तथ्य पत्ता लगाउने मिसन पठाउन सदस्य राष्ट्रहरूको अनुरोधलाई विचार गर्न एक सत्र आयोजना गरेको थियो ।

सुडानका विभिन्न क्षेत्रहरूमा सेना र आरएसएफबिचको लडाइँ बढिरहेको छ भने द्वन्द्वको सुरुवात भएको दारफुर क्षेत्र आरएसएफले गत महिना नियन्त्रणमा लिएको छ ।