२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटमसहित ‘ह्याकर’द्वारा पञ्जीकण विभागको वेबसाइट कब्जा, सेवा ठप्प”

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट आज बिहानदेखि ह्याक भएको छ, जसका कारण राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित सबै सेवाहरू अवरुद्ध भएका छन्।

‘नेपाली फर नेपाल’ नाम प्रयोग गर्ने समूहले वेबसाइट ह्याक गरेको दाबी गर्दै आफूलाई ‘राष्ट्रिय भविष्यको रक्षा गर्न प्रतिबद्ध अनुसन्धान संस्था’को रूपमा जनाएको छ। ह्याकरले विभागको एडमिन सिस्टममा पहुँच भएको र सम्पूर्ण डाटामा पहुँच जमाएको दाबीसमेत गरेको छ।

उक्त समूहले नागरिक बचाउ अभियानका अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक नमराज घिमिरेले वेबसाइटमा आक्रमण भएको पुष्टि गरेका छन्। उनका अनुसार फिलहाल साइट बन्द गरी प्राविधिक टोलीले पुन:सञ्चालनका लागि काम गरिरहेको छ। उनले सबै डाटा सुरक्षित रहेको आश्वासन पनि प्रशासनलाई दिएका छन्।

यस घटनाले सरकारको सूचना प्रविधि (आईटी) क्षेत्रप्रतिको कमजोरी पुन: उजागर गरेको छ। प्रविधिका नाममा अर्बौं खर्च गरे पनि सुरक्षा प्रणाली सुदृढ नगर्नु र सेवा प्रवाहमा विश्वसनीयता नआउनु दीर्घकालीन समस्याका रूपमा देखिएको छ। सरकारी कागजात आदानप्रदानदेखि डिजिटल भण्डारणसम्म देश अझै आत्मनिर्भर बन्न नसकिरहेको तथ्य पनि यसै घटनाले पुन: स्मरण गराएको छ।

विगतदेखि नै आईटी क्षेत्र योग्य जनशक्तिका हातमा नपरी सीमित पात्रलाई मात्रै ठेक्का र जिम्मेवारी दिने प्रथाजस्ता कारणले समेत संरचना र प्रणालीहरू प्रभावकारी रूपमा चल्न नसकेको विश्लेषण गरिन्छ।