२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड प्रदर्शनका क्रममा आगजनी गर्ने पक्राउ

अ+ अ-

लुम्बिनी । जेन जेड प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार कैदीहरू रुपन्देहीमा पक्राउ परेका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा कारागार कार्यालयमा भएको तोडफोड, आगजनीपश्चात् फरार कैदीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहतसमेतबाट फरार कैदीलाई नियन्त्रणमा लिई जिल्ला कारागार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।

कपिलवस्तु कारागारबाट फरार बैंकिङ कसुर मुद्दाका ४४ वर्षीय तुलबहादुर पुनलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटेको टोलीले मङ्सिर १ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

त्यस्तै इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको टोलीले नवलपरासी कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने ५० वर्षीय रुद्रबहादुर पुनलाई मङ्सिर २ गते पक्राउ गरेको हो ।

त्यसै गरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले तनहुँ कारागारबाट फरार लागुऔषध मुद्दाका भारतको जिल्ला महाराजगञ्ज थाना नौतनवा बस्ने २० वर्षीय दीपक कुमारलाई बुधबार पक्राउ गरेको छ । कुमारलाई सिद्धार्थनगर नगरपालिका–१३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी, तोडफोड र चोरीमा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलले भदौ २४ गते बुटवलका विभिन्न सरकारी तथा व्यावसायिक प्रतिष्ठान तथा प्रहरीका हतियार तथा समान लुटपाट गर्ने, आगजनी र तोडफोड गर्ने ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिए ।

यसरी पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय मंगलापुरमा आगजनी र तोडफोड गर्ने, प्रहरी कार्यालयबाट हतकडी चोरी गर्ने तथा ड्रिमल्याण्ड होटेलमा आगजनी, तोडफोड र चोरीमा सङ्लग्न रहेकाहरू छन् ।

प्रहरी उपरीक्षक रानाका अनुसार प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्नेमा तिलोत्तमा नगरपालिका–९ का ३२ वर्षको मुर आलम मुसलमान, ३६ वर्षको सुरज भण्डारी, २७ वर्षको कुमार उप्रेती र तिलोत्तमा ७ को १९ वर्षको विनोद सुनुवार रहेका छन् ।

त्यस्तै प्रहरी कार्यालय मंगलापुरबाट हतकडी चोरी गर्ने बुटवल उपमहानगरपालिका–११ का २९ वर्षीय विवेक शाहीलाई पनि प्रहरीले पक्राउ गरेको छ । शाहीले प्रहरी कार्यालयबाट हतकडी चोरी फरार रहेका थिए । उनलाई आफ्नै कोठाबाट हतकडीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाले बताए ।

त्यस्तै ड्रिमल्याण्ड होटेलमा आगजनी, तोडफोड र चोरीमा संलग्न बुटवल उपमहानगरपालिका–४ को ३८ वर्षीय अनिल थापा पनि पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई चोरी र आपाराधिक उपद्रता मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिए ।