२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२० देशका प्रतिनिधिको सहभागितामा ६ बुँदे घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय कर सम्मेलन

अ+ अ-

काठमाडौँ । ६ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै तीन दिनदेखि काठमाडौँमा जारी अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५ सम्पन्न भएको छ ।

विश्वका २० देशका करिब साढे ५ सय कर विज्ञ, व्यवसायी तथा नीति निर्माता सहभागी भएको सम्मेलन बिहीबार सम्पन्न भएको हो । एसिया (ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसन (एओटीसीए) को समन्वयमा हरेक वर्ष आयोजना हुँदै आएको यो सम्मेलन आगामी वर्ष हङकङमा आयोजना हुनेछ ।

मंगलबारदेखि सुरु भएको सम्मेलनमा ३ सय ५० जना अन्तर्राष्ट्रिय प्रतिनिधि र २ सय जना नेपाली कर व्यवसायी, नीति निर्माता, सरकारी अधिकारी, व्यवसायी तथा अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी थिए । सम्मेलनको उद्घाटन अर्थ सचिव घनश्याम उपाध्यायले गरेका थिए ।

नेपाल च्याम्बर अफ ट्याक्स कन्सल्टेन्ट्स (एनटीएनसी) ले एसिया-ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसन (एओटीसीए) को समन्वयमा सम्मेलन आयोजना गरेको थियो ।

नेपालका कर र वित्त व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने, कर नीति र अनुपालनमा अन्तर्राष्ट्रिय सर्वोत्तम अभ्यासहरूको आदानप्रदान र नेटवर्किङलाई प्रवर्द्धन गर्ने, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन तथा कर र लगानी क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेको एनटीएनसीले जानकारी दिएको छ ।

सम्मेलनमा विकासशील देशहरूको कर प्रणालीको ऐतिहासिक विकास, उदाउँदा अर्थतन्त्रहरूमा कर नीति कार्यान्वयनका चुनौतीहरू, विश्वव्यापी कर अनुपालनमा कर व्यवसायीहरूको भूमिका, कर प्रशासनमा डिजिटल रूपान्तरणका अवसर र चुनौती, विकासशील अर्थतन्त्रमा कर व्यवसायीको आचारसंहिता र व्यावसायिक दायित्वलगायत विषयमा छलफल भएको थियो ।

सम्मेलनकै अंशस्वरुप शुक्रबार आन्तरिक राजस्व विभाग र एनटीएनसीको संयुक्त आयोजनामा ट्रान्सफर प्राइसिङका व्यवहारिक पक्षका विषयमा ४ घण्टा विशेष सेमिनार हुने जनाइएको छ । उक्त सेमिनारलाई ग्लोबल ट्याक्स एडभाइजर्स प्लाटफर्म (जीटीएपी) तथा सीएफई ट्याक्स एडभाइजर्स युरोपका अध्यक्ष प्रा. पियरजियोर्जियो भालेंटेले सम्बोधन गर्नेछन् ।

यो सम्मेलनमा सहभागीहरूलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले १२ कन्टिन्यूयिङ प्रोफेसनल एडुकेसन (सीपीई) क्रेडिट घण्टा स्वीकृत गरेको छ।

सन् १९९२ मा स्थापना भएको एसियन(ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसनले कर परामर्श व्यवसायमा उच्च नैतिक मापदण्ड, व्यावसायिक उत्कृष्टता र समावेशी तथा दिगो आर्थिक विकासलाई प्रोत्साहन गर्ने कर सुधारहरूलाई समर्थन गर्दै आएको छ।

नेपाल च्याम्बर अफ ट्याक्स कन्सल्टेन्ट्स २०१६ मा अवधारणा स्थापना भई २०१८ मा दर्ता भएको संस्था हो । यसले नेपालमा कर सम्बन्धी नीतिगत अध्ययन, कर विज्ञहरूको प्रवर्द्धन, प्रचलित अन्तर्राष्ट्रिय कर अभ्यासको विश्लेषण, कर व्यवसायीको संस्थागत विकास लगायत काम गर्दै आएको छ ।