२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षमान पुनको दाबी : ‘नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वभर द्वन्द्व व्यवस्थापनका लागि काम लाग्छ’

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय र मौलिक रहेको दाबी गरेका छन्।

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरिएको दिनको सन्दर्भ पारेर त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायद्वारा आयोजित अन्तर्क्रियामा बोल्दै नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वभर द्वन्द्व व्यवस्थापनका लागि काम लाग्ने बताएका छन् ।

उनले भने, ‘नेपालमा द्वन्द्वको कारण पनि मौलिक छन् र हामीले समाधान पनि मौलिक ढंगले नै खोज्ने कोसिस गरेका छौँ । यतिसम्मकी द्वन्द्वरत पक्षको पात्रहरू फेरिएसँगै द्वन्द्वमा आमनेसामने भएका शक्तिहरुबीच समेत त्यति बेलाको संस्थापन पक्षसँग लड्न मिल्नुपर्ने अवस्था आयो।’

द्वन्द्वको प्रमुख कारण वर्गीय, जातीय, क्षेत्रीय, लैंगीक र सांस्कृतिक विभेद रहेको चर्चा गर्दै उनले संविधानमार्फत ती विभेद अन्त्यको प्रयास गरिएको बताए।

पुनले भने, ‘द्वन्द्व समाधानका लागि अन्तर्राष्ट्रिय एजेन्सीको पनि सहयोग लियौँ । तर, मूलतः हामीले आफ्नै मौलिकतामा यसलाई अगाडि बढायौँ । हाम्रो मौलिक अनुभव अहिले विश्वको द्वन्द्व व्यवस्थापनका लागि काम लागिरहेको छ ।’

तत्कालीन नेकपा माओवादीको एजेन्डाअनुसार राज्य पुन संरचनामार्फत पछि पारिएका वर्ग, क्षेत्र र सीमान्तकृत समुदायलाई रायको मूल प्रवाहमा समावेश गरिएको बताए ।

उनले थपे, ‘हिजो दलितमाथि खुलेआम विभेद र छुवाछुत थियो । आज दण्डनीय मात्र होइन, राज्यको निकायमा त्यो समुदायको उपस्थिति ग्यारेन्टी गरिएको छ । निजामती सेवामा २७ प्रतिशतभन्दा बढी महिलाको उपस्थिति छ । २५ प्रतिशत महिला सम्पत्तिका मालिक भएका छन्।’

राज्य पुन संरचनापछि काठमाडौँ केन्द्रित असन्तुलित विकास र श्रोतको वितरण प्रक्रिया न्यायोचित भएको जिकिर गरेका छन्।

‘काठमाडौँमा मात्र सीमित हुने राज्यको श्रोत संघीयतामार्फत मधेस, कर्णाली र सुदूरपश्चिमजस्ता पछि परेका क्षेत्रमा सीधै पुगेको छ । हाम्रो प्रस्तावमा सबै राजनीतिक शक्तिबीचको सहमतिमा मात्र होइन, आमजनताले संविधानसभामार्फत संविधान निर्माण गरेर यी कुराहरूको सुनिश्चितता गरिएको छ । पछि पारिएका समुदाय र क्षेत्र राज्यको मूलप्रवाहीकरणमा समावेश भएका छन्’ उनले भने।