२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा नेपालद्वारा आन्दोलनका कार्यक्रम घोषणा

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनको तयारी र संघर्ष कार्यक्रमहरू सँगसँगै गर्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी तयारी र संघर्षका कार्यक्रमहरू एकसाथ अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

जसपा नेपालले मंसिर १० गते सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर र बजार क्षेत्रमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन हुने बस्नेतले जानकारी दिए।  

त्यसैगरी मंसिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइने छ भने मंसिर २७ देखि पुस ४ सम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा आयोजना हुनेछ ।

जसपा नेपालले प्रदेशस्तरीय जनप्रदर्शन तथा विरोध सभाको कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जसअनुसार पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज, पुस १७ गते नेपालगञ्ज र भैरहवामा कार्यक्रम तय गरिएको छ ।

पार्टीले विगतदेखि नै उठाउँदै आएको माग र मुद्दाहरू पुरा गराउन सरकार सकारात्मक नदेखिएकोले सडक सङ्घर्षमा जानुपरेको बस्नेतको भनाइ छ।

यसका अतिरिक्त आवश्यकताअनुसार अन्य विरोधका कार्यक्रमहरू सम्बन्धित जिल्ला समिति वा प्रदेश समितिले निर्णय गरी सञ्चालन गर्ने जसपा नेपालले जनाएको छ।