काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता जगन्नाथ खतिवडाले आफ्नो पार्टी जेन जेडको साथी बनेर आएको बताएका छन् ।
पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै जेन जेडले उठाएको एजेन्डामा आफ्नो पार्टीको समर्थन रहेको बताए ।
उनले भने, ‘प्रचण्ड भविष्यमा यो मुकुललाई हाँक्ने उत्तराधिकारी खोजिराख्नुभएको छ। माधव नेपाल पनि त्यस्तै उत्तराधिकारी खोजिराख्नुभएको छ । हामी पनि नयाँ पुस्ता खोजिरहेका छौँ। कम्युनिस्ट आन्दोलनको उत्तराधिकारीको रूपमा जेनजी पुस्ता तयार भएको छ ।’
उनले समाजवादबाहेक देशमा अर्को कुनै विकल्प नभएको भन्दै जेन जेडलाई पार्टीमा भित्र्याउन तयार रहेको बताए।
जेन जेडको माग सम्बोधन गर्ने पार्टी नेकपा मात्रै भएको उनले दाबी गरेका छन् ।







