२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नि:शुल्क आँखा जाँच शिविरबाट २०७ जना लाभान्वित

अ+ अ-

गण्डकी । हिमालय क्लबको आयोजना एवं दृष्टि आँखा अस्पताल नयाँ बजारको प्राविधिक सहयोगमा पोखराको बाटुलेचौरमा शनिबार सम्पन्न निःशुल्क आँखा जाँच शिविरबाट दुई सय सात जना लाभान्वित भएका छन् ।

दृष्टि विशेषज्ञ डा प्रिन्सा बास्तोला, नेत्र सहायक प्रसिद्धी शाही र स्नेहा पुरीले सेवाग्राहीको आँखा परीक्षण गरेका थिए । सो क्रममा ३५ जनामा मोतियाविन्दुको समस्या देखिएको क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए। मोतियाविन्दु देखिएका बिरामीको अस्पतालको समन्वयमा उपचार गरिने जनाइएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सामाजिक संघसंस्थाले जनताका प्रत्यक्ष सरोकारका विषयमा काम गर्नुपर्ने बताउँदै स्वस्थ नागरिकबाट मात्रै समृद्ध समाज निर्माण गर्न सकिनेमा जोड दिए ।

क्लबका अध्यक्ष थापाले समाजिक उत्तरदायित्व बहन गर्दै शिविर आयोजना गरिएको जानकारी दिए । अस्पतालका अध्यक्ष शिव पोखरेलले आँखालाई सुरक्षित राख्न नियमित परीक्षण गर्नुपर्ने आवश्यकता औँल्याए।

बिरामीलाई नि:शुल्क औषधि वितरण र सहुलियत दरमा चस्मा वितरण गरिएको शिविरबाट लामाचौर, बाटुलेचौर, घार्मी, कुरेचौर, हरिपाउँ, अर्मला, भलामलगायत आसपासका क्षेत्रका बासिन्दा लाभान्वित भएको आयोजकले जनाएको छ । यसअघि क्लबले मुटुसम्बन्धी जाँच, महिलाको पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ टेस्ट’ लगायत विभिन्न स्वास्थ्य जाँच गरी नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।