२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुलाकी राजमार्ग धनुषा खण्ड : पुल निर्माणमा ढिलाइ

अ+ अ-

काठमाडौँ । हुलाकी सडक योजना कार्यालय जनकपुरले ६१ मोटरेवल पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म १८ वटाको ठेक्का व्यवस्थापन गर्न सकेको छैन । हुलाकी सडकका पर्ने २२ निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको छ ।

हाल २१ पुल निर्माणको चरणमा छन् । पुल निर्माणको काम प्रभावकारी हुन नसक्दा स्थानीयले अपेक्षित लाभ हासिल गर्न पाएका छैनन् । सो आयोजना अन्तर्गतका सडक कालोपत्रेको अन्तिम चरणमा पुगेको भए पनि पुल निर्माणले गति लिन सकेको छैन । स्रोतको अभाव तथा अन्य प्राविधिक समस्याका कारण ठेक्का व्यवस्थापन हुन समय लागेको आयोजनाले जनाएको छ ।

निर्माणको क्रममा रहेका पुललाई शीघ्र सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक पहल गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सिरहा– धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन समस्याग्रस्त पुल निर्माणलाई तदारुकता दिन र तीन सिफ्टमा काम गर्न निर्देशन दिएका  थिए ।

शुक्रबार स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले ठेक्का सम्झौता भएको १४ वर्ष पुग्दा समेत पुल निर्माण हुन नसकेको, पुन नबन्दा नागरिकले सास्ती खेप्नुपरेको भन्दै समस्या समाधान गर्न निर्देशन दिएका थिए। सोही क्रममा उनले हुलाकी सडकतर्फका सडक तथा पुल निर्माणको प्रगतिका बारेमा चासो राख्दै शीघ्र कार्यान्वयन गर्न आवश्यक निर्देशन दिएका थिए। ठेक्का व्यवस्थापन गर्नुपर्नेलाई तत्काल प्रक्रिया अगाडि बढाउन र निर्माणका क्रममा रहेका पुललाई शीघ्र निर्माण गर्न मन्त्रालयले आवश्यक तदारुकता देखाएको छ ।

हुलाकी सडक आयोजना, जनकपुर खण्डको कूल चार सय तीन किलोमिटर मध्ये अब ६१ किलोमिटर खण्ड मात्रै कालोपत्र गर्न बाँकी रहेको छ । सो खण्डका काम धमाधम भइरहेको र कुनै अवरोध नभएका खण्डमा चालु आवको अन्त्यसम्म एउटा चरणमा पुर्‍याउन सकिने आयोजनाले जनाएको छ ।

सो योजना कार्यालय अन्तर्गत पूर्व पश्चिम तथा उत्तर दक्षिण गरी चार सय तीन दशमलव ६८ किलोमिटर सडक रहेको छ । त्यसमा दुई सय ९९ दशमलव ८० किलोमिटर नेपाल सरकारको बजेटबाट निर्माण भएको हो भने एक सय तीन दशमलव ८८ किलोमिटर सडक भारतीय अनुदान रहेको छ । हालसम्म तीन सय ४२ दशमलव ६८ किलोमिटर सडक कालोपत्र भइसकेको योजना प्रमुख कृष्णकुमार महत्तोले जानकारी दिए ।

सिरहाको बलान कमला सडक ९२९ दशमलव ९८ किलोमिटर० कालोपत्र भइसकेको छ । सिरहाको जम्दह लगडी गडियानी ९२७ दशमलव ४६ किलोमिटर० सडक भने कालोपत्र हुन सकेको छैन ।

धनुषाको कदमचौक कपतौल तिनकौरिया(३० दशमलव ५८ किलोमिटर) मध्ये २४ किलोमिटर कालोपत्र भएको छ । धनुषाकै यदुकुहा खजुरी महुवा सडक १० किलोमिटर मध्ये छ किलोमिटर कालोपत्र भएको छ । धनुषा र महोत्तरीको जनकपुर बसबिटी हर्दी पोखरी भिण्डा संग्रामपुर सडकको २० किलोमिटर मध्ये १८ किलोमिटर कालोपत्र भएको छ ।

सर्लाहीको एमआरएम बाँके संग्रामपुर सडकको (२२ दशमलव ४८ किलोमिटर) मध्ये २० दशमलव ७७ किलोमिटर कालोपत्र भएको छ । सोही जिललको फुलजोर त्रिभुवन नगर २३ दशमलव दुई किलोमिटर पूरै कालोपत्र भएको छ । सर्लाहीकै सितलपुर मलगंवा खरैईयाटोल (पूर्व पश्चिम हुलाकी) सडकको (४० दशमलव ३७ किलोमिटर) मध्ये ३८ किलोमिटर कालोपत्र भएको छ ।

सर्लाहीको नवलपुर मलंगवा सडकको (२६ दशमलव ५९ किलोमिटर) नै कालोपत्र भएको छ । सोही जिल्लाको नयाँरोड वरहथवा मधुवनीको ४० दशमलव ५८ किलोमिटर नै कालोपत्र भएको छ । सो जिल्लाको गोडैता महिनाथपुर माधोपुर जयनगर हनैर्या खण्डको १० किलोमिटर नै कालोपत्र हुन बाँकी रहेको छ ।

भारतीय अनुदानतर्फको धनुषा खण्डको विरेन्द्रजबार यदुकुहा महिनाथपुर सडकको (३२ दशमलव ३१ किलोमिटर) मध्ये ३१ किलोमिटर कालोपत्र भएको छ । जनकपुर यदुकुहा सडकको (१६ दशमलव ६३ किलोमिटर) मध्ये १२ किलोमिटर कालोपत्र भएको छ । माईस्थान गौशला सम्सी सडकको (२६ दशमलव ९४ किलोमिटर) मध्ये २६ किलोमिटर कालोपत्र भएको आयोजनाले जनाएको छ ।

यस्तै जलेश्वर हर्दि सडकको २८ किलोमिटर नै कालोपत्र भएको छ । सो आयोजनाका लागि चालु आवको असोज मसान्तसम्म सात करोड नौ लाख बराबर खर्च भएको छ । हुलाकी सडक तथा पुल निर्माणात्मक लागि रु ५९ करोड ९० लाख बजेट विनियोजन भएको छ । जग्गा खरिद, सडक विस्तारको क्रममा सडक सीमा भित्र पर्ने संरचनाको क्षतिपूर्तिका लागि रु पाँच करोड बजेट विनियोजन भएकामा रु एक करोड तीन लाख ९० हजार खर्च भएको छ ।