२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. भीम रावलको दाबी : ‘स्वच्छ र भयरहित चुनावको वातावरण भए जनताले हामीलाई अत्यधिक मत दिने छन्’

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्नो पार्टी ताजा जनदेशको लागि तयार अवस्थामा रहेको बताएका छन् ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने भन्दै आफूहरू तयारी अवस्थामा रहेको बताएका हुन् । सरकारले निर्वाचनको लागि उपयुक्त वातावरण बनाउनु पर्नेमा उनले जोड दिएका थिए ।

‘ताजा जनादेशको लागि हामी तयारी अवस्थामा छौँ । फागुन २१ गते हुने निर्वाचन स्वच्छ र भयरहित अवस्थामा सम्पन्न गराउन सरकारले त्यो अनुसारको वातावरण बनाउनु पर्छ । अझै त्यस्तो वातावरण बनिसकेको छैन ।’

कारागारबाट फरार कैदीहरू अझै सम्पर्कमा नरहेको, हतियार तथा गोलीहरू बरामद नभएको भन्दै निर्वाचनको वातावरण बन्न नसकेको उनको भनाइ थियो ।

‘कैदी बन्दी फरार छन्, गोली हतियार नियन्त्रणमा आएका छैनन् । सरकारले त्यसमा ध्यान दिनुपर्छ । सबै गतिविधिहरूमा सरकारले चासो राखेर निर्वाचनको सुनिश्चित गराउनु पर्छ । त्यो अवस्थामा नेपाली जनताले नेपाली कम्युनिस्ट पार्टीलाई अत्यधिक मत दिने छन्’ रावलको भनाइ थियो ।

मंसिर १२ बाट सुरु हुने एकता सन्देश सभाले पनि देशभर पार्टीको जनलहर अझै बढाउने उनको दाबी थियो । एकता सन्देश सभाको सुरुवात धनगढीबाट हुन गइरहेको भन्दै त्यसमा तीव्र तयारी भइरहेको उनले बताए ।

धनगढी रङ्गशालामा साढे १२ बजे सुरु हुने सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा अन्य घटकका नेताले सम्बोधन गर्ने उनले बताए । सभाको लागि रावलको संयोजकत्वमा मूल व्यवस्थापन समिति बनाइएको छ ।

एमाले र काँग्रेसको दम्भका कारण भदौ २३-२४ गतेको घटना सृजना भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा धेरै जिम्मेवार रहेको उनको आरोप छ । दुवै दिनको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उनले जोड दिए ।

सात वटा आपराधिक मुद्दा खेपेको व्यक्तिलाई एमालेले नेसनल भोलेन्टियर फोर्सको संयोजक बनाएको भन्दै उनले आलोचना गरे । चुनावले त्यस्ता व्यक्ति र प्रवृत्तिलाई पाखा लगाउने उनको दाबी थियो ।

एमालेभित्र तीव्र विवाद र असन्तुष्टि रहेको भन्दै ठुलो पङ्क्ति नेपाल कम्युनिस्ट पार्टीमा भित्रिने रावलको जिकिर छ ।