२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदन किराँतीले भ्रम छरेको भन्दै माओवादीले दियो प्रतिवाद गर्ने चेतावनी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र भोजपुरले पार्टी एकताको पूर्वतयारी बैठक सम्पन्न गरेको छ । नेकपा एसलगायतसँगको एकताप्रति असहमति जनाउँदै रामप्रसाद राई गाउँपालिका र अखिल क्रान्तिकारीमा मात्र केही असर परेको आज पत्रकार सम्मेलनमा जनाइएको छ ।

भोजपुर जनार्दनसँगै माओवादी त्यागेका पूर्वमन्त्री सुदन किराँतीको गृहजिल्ला हो ।

एकताप्रति असहमति जनाउँदै केही दिनअघि सम्झना राई ‘सन्ध्या’, जिल्ला सचिव बलभद्र राई, मनिका राई, हेमन्त राई, प्रेस सेन्टरका नेता राजन राई, सूर्यबहादुर राईले प्रगतिशील राष्ट्रिय अभियानमा लामबद्ध भएको घोषणा गरेका थिए । त्यस्तै सुदनकै पालिका रामप्रसादराई गाउँपालिकाको नेतृत्वले पनि पार्टी एकताप्रति लिखित असहमति जनाएको थियो ।

बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक नगेन्द्र भुजेल ‘शैलेन्द्र’ ले सामाजिक सञ्जालको हल्लाजस्तो एकताको असर नपरेको प्रष्टीकरण दिँदै भ्रम सृजना नगर्न र कार्यकर्ता पनि भ्रमित नहुन अपिल गरेका छन् ।

पार्टी परित्याग गरी बाहिरिएका किराँतीले पार्टी र नेतृत्वप्रति कलुषित, भ्रामक झूठ आरोप लगाउँदै प्रचार गरिरहेको भन्दै बैठकले गम्भीर आपत्ति जनाएको भुजेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

‘आगामी दिनमा यस्तो झूठको सहारा लिएर आफ्नो राजनैतिक सफलता देख्नुभन्दा उच्च राजनैतिक आचरण र नैतिकता देखाउनु नै श्रेयकर हुन्छ भन्ने कुरा लागेको छ । अन्यथा यसको प्रतिवाद गर्न हामी सम्पूर्ण पार्टी पक्ति सक्षम रहेको अवगत गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।

पार्टी छाडेर गएकाको रिक्त रहेका कमिटीको पदहरूमा पदपूर्ति गरी कमिटीलाई पूर्णता दिइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

साथै आउँदो १५ गते प्रदेश पार्टी एकता घोषणा, २६ गते जिल्लामा एकता घोषणा सभा र २९ गते प्रत्येक पालिकामा घोषणा सभा गर्ने निर्णय गरिएको छ ।