२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दन शर्माको दाबी : ‘पुराना दलले क्रान्तिकारी छवि बचाउन सकेनन्’

अ+ अ-

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरूले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताएका छन् ।

आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले पुराना ठूला तीन दलले क्रान्तिकारी छवि बचाउन नसक्दा फलस्वरूप देश चरम भ्रष्टाचार, बेथिति र यथास्थितिमा राख्नुकासाथै गति र परिणामविहीन हुन पुगेको बताएका हुन् ।

उनले भने, ‘काँग्रेस, एमाले, माओवादी आ-आफ्ना समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिवर्तनकारी पार्टी नै थिए र हुन् । इतिहासमा योगदान गरेका पार्टीहरूले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल हुन पुगे । फलस्वरूप देश चरम भ्रष्टाचार, बेथिति र यथास्थितिमा फस्नका साथै गति र परिणामविहीन हुन पुग्यो ।’

त्यस्तै उनले दलहरूले भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र सबै क्षेत्रमा राजनीतिक तरंग गरेर राज्यका संस्थागत प्रणालीलाई थप निकम्मा बनाएको आरोप लगाए ।

संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट सम्बोधन हुन नसकेको उनको भनाई छ ।

‘भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र सबै क्षेत्रमा राजनीतिक तरंग गरेर राज्यका संस्थागत प्रणालीलाई थप निकम्मा बनाए । संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट जस्ताको त्यस्तै सम्बोधन हुन सकेन,’ उनले भने ।

उनले प्रगतिशील लोकतान्त्रिक पार्टीले परिणाममुखी र उदाहरणीय शासन सञ्चालन गर्ने दाबी गरे ।