२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री पुनले भने : ‘प्राध्यापकहरूको लापरबाहीले एसइई र १२ कक्षाको नतिजा प्रकाशन ढिलाइ हुन्छ’

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरूको लापरबाहीका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) र १२ कक्षाको नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको बताएका छन् ।

आइतबार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री पुनले यस्तो बताएका हुन् ।

चार–पाँच लाख विद्यार्थीको परीक्षाफल सार्वजनिक गर्न नौ महिनाभन्दा बढी लाग्ने गरेको उल्लेख गर्दै उनले यसको अन्त्य गर्न जरुरी रहेको बताए ।

मन्त्री पुनले विश्वविद्यालयहरूबीच सम्बन्धन दिनमा मात्रै केन्द्रित हुँदा शिक्षाको गुणस्तर खस्कँदै गएको पनि बताए ।

उनले भने, ‘एसइई र १२ कक्षामा जम्मा ४र५ लाख विद्यार्थी मात्र हुन्छन् । तर, पनि नतिजा निकाल्नका लागि ८र९ महिना लाग्छ । यस्तो हुनुमा प्राध्यापकहरूको लापरबाही देखिन्छ । यस्ता कुराहरूको समाधान गर्नैपर्छ ।’

उनले अगाडि भने, ‘मन्त्रालयको पुँजीगत बजेटको एक प्रतिशत बजेट विश्वविद्यालयका लागि आओस् भन्नका लागि हामी त्यसमा काम गरिरहेका छौँ । अहिले विश्वविद्यालयहरूको ध्यान सम्बन्धन दिनेमा मात्र हुन्छ । विश्वविद्यालयहरूमा कसले धेरै सम्बन्धन दिने भन्ने कुरामा प्रतिस्पर्धा गरेको जस्तो अवस्था छ । तर विद्यार्थी संख्या बिस्तारै घट्दै गएको अवस्था छ ।’

उनले खोज र अनुसन्धानात्मक शिक्षामा जोड दिनुपर्ने आवश्यकता पनि औँल्याए ।