२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त

अ+ अ-

काठमाडौँ । सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा जानु अघि नयाँ नेतृत्व चयन प्रक्रियाबारे छलफल भइरहेको थियो । वरिष्ठता, समन्वय क्षमता, संस्थागत बुझाइ र कार्यक्षमतालाई तुलना गरेर निर्णय हुने बताइँदै आएको यो प्रक्रियामा सुमनराज अर्याल, प्रमीला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा। कृष्णहरि पुष्कर आकांक्षीका रूपमा चर्चामा रहेका थिए।

छलफलका क्रममा मुख्यसचिव पद देशको प्रशासनिक नेतृत्व, नीतिगत सल्लाह, मन्त्रालयबीच समन्वय र सरकारी निर्णयहरूको प्रभावकारी कार्यान्वयनसँग जोडिने भएकाले योग्य, विवेकशील र संस्थागत परम्परा बुझ्ने व्यक्तिहरू नै उपयुक्त हुने बहस प्रशासनिक वृत्तमा निरन्तर चलिरहेको थियो।

विशेष गरी राजनीतिक प्रभाव, बिचौलियाको पहुँच र शक्ति-समूहको दबाबबाट मुक्त ‘निष्पक्ष नेतृत्व’ आउनुपर्ने माग कर्मचारी वृत्तमा बलियो देखिएको थियो।

विगतमा केही उच्चस्तरीय नियुक्तिमा बाह्य हस्तक्षेपको आरोप लाग्दै आएको पृष्ठभूमिमा यस पटक सरकार सचेत रहेको बताइएको थियो। सचिवहरूको मनोबल उकास्ने, मन्त्रालयसँग समन्वयमा दक्ष, नीतिगत निर्णयका सम्भावित असर पहिचान गर्न सक्ने र निर्वाचन व्यवस्थापनजस्ता संवेदनशील जिम्मेवारी वहन गर्न सक्षम व्यक्तिलाई मुख्यसचिव बनाउनुपर्ने तर्क प्रशासनिक विश्लेषकहरूले उठाउँदै आएका छन्।

यसैबीच आजको क्याबिनेट बैठकले अन्ततः अर्याललाई मुख्यसचिवमा नियुक्त गरेसँगै मुख्य प्रशासनिक नेतृत्वको चर्चा सकिएको छ ।