अबु धाबी । अमेरिकाले सुडानमा युद्धरत पक्षलाई युद्धविरामको पछिल्लो प्रस्तावलाई ‘पूर्व सर्तबिना’ स्वीकार गर्न आग्रह गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका अफ्रिकी प्रतिनिधिले मंगलबार मध्यस्थकर्ताहरूको तर्फबाट वाशिङ्गटनले प्रस्तुत गरेको सुडानको युद्धविराम प्रस्तावमा सहमत हुन आग्रह गरेको छ। समाचार तयार पार्दासम्म कुनै पनि पक्षले प्रस्ताव स्वीकार नगरेको उनले बताएका छन् ।
“हामी दुवै पक्षलाई बिना कुनै पूर्व शर्त प्रस्तुत मानवीय युद्धविरामलाई स्वीकार गर्न अपिल गर्दछौँ,” मसाद बोउलोसले युएईको राजधानी अबुधाबीमा एक पत्रकार सम्मेलनमा भने ।
“उनीहरूले अमेरिकी नेतृत्व र मध्यस्थकर्ताको पहलमा प्रस्तुत गरिएको विशिष्ट प्रस्तावलाई स्वीकार गरून् भन्ने चाहन्छौँ,” उनले थपे ।
सुडानका सेना प्रमुख अब्देल फताह अल–बुरहानले बुलोसले प्रस्तुत गरेको पछिल्लो प्रस्तावको आलोचना गरेको केही दिनपछि अबुधाबीमा युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गाशसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले यो आग्रह गरेका हुन् ।
बुरहानले अमेरिकाका साथै साउदी अरब, इजिप्ट र संयुक्त अरब इमिरेट्स ९युएई० पनि समावेश रहेको ९क्वाड समूह०ले प्रस्तुत गरेको पछिल्लो युद्धविराम योजनाको आलोचना गरेका थिए। उनले युएई सदस्य रहुन्जेल कुनै पनि प्रस्ताव निष्पक्ष आउन नसक्ने दाबी गरेका थिए ।
युएईमाथि सेना समर्थित सरकारसँग लडिरहेको युद्धरत सुडानी अर्धसैनिक बललाई हतियार दिएको आरोप लगाइएको छ। युएईले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।







