२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रानी अस्पतालमा नि:शुल्क प्रसूति सेवा सुरु

अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर-१५ स्थित रानी अस्पतालबाट आजदेखि चौबीसैँ घण्टा नि:शुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालन  गरेको छ । 

मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा नि:शुल्क प्रसूति सेवा सुरु गरिएको महानगरले जनाएको छ । आज यहाँ सेवा शुभारम्भ कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले प्रसूति सेवा सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज भएको बताए। 

विराटनगर महानगरपालिका-१५ का अध्यक्ष प्रकाश साहले महानगर नेतृत्वले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सेवा सुरु गरेकामा धन्यवाद दिए। 

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा.सुरेश मेहताले आगामी दिनमा अन्य निकायसँग समेत समन्वय गरेर अस्पतालको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउन सुझाव दिए। 

महानगरका स्वास्थ्य महाशाखा प्रमुख डा.दिलीपकुमार यादवले अस्पतालमा तालिमप्राप्त जनशक्तिको व्यवस्था मिलाई सेवा प्रभावकारी बनाइएको बताए।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत रमेश कार्की, रानी अस्पतालका प्रमुख मानिकचन भगत, समाजसेवी दीनानाथ आचार्यलगायतले आफ्नो धारणा राखेका थिए । 

रानी अस्पतालमा हाल फिजियो थेरापी, ओपिडी, स्वास्थ्य बिमा, परिवार नियोजन, खोप, मातृ शिशु, मनोपरामर्शलगायत सेवाहरू उपलब्ध भइरहेका छन् ।