२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न

अ+ अ-

काठमाडौँ । रामकलेवा गरी सप्ताह व्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ ।

राम र जानकीको विवाह पश्चात जन्तीको रूपमा आएका साधुशन्तलाई ५६ व्यञ्जन मिष्ठान भोजन गराई बिदाइ गरी महोत्सव सम्पन्न भएको हो ।

आज पनि जानकी मन्दिर प्रांगणमा साधुशन्तलाई मिष्ठान भोजन गराई दान दक्षिणा दिएर स–सम्मान बिदाइ गरिएको हो । यो विधिलाई रामकलेवा भन्ने गरिन्छ ।

साधुशन्तलाई दक्षिणामा न्यानो चादर, कमण्डल र रुपैयाँ पैसा दिइएको छ ।

जानकी मन्दिरको प्रांगणमा हुने राम कलेवामा मिथिलाको पहिचान झल्किने सांस्कृति गीतनाद प्रस्तुत गरी हास्य व्यंग्य शैलीमा मनोरञ्जन प्रदान गरिएको छ । रामकलेवा हेर्न दर्शनार्थीहरुको घुइँचो लागेको थियो ।

यसअघि हिजो दिउँसो वैदिक परम्परा अनुसार स्वयंवर तथा रातभर विवाहको काज चलेको थियो ।

त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव मनाइन्छ ।

४ मंसिरदेखि सुरु भएको सप्ताहव्यापी सीताराम विहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोश्रोदिन फूलबारी लीला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौंदिन मटकोर, छैटौँ दिन विवाहपञ्चमी मनाइएको थियो ।

आज सातौँ अर्थात् अन्तिम दिन आज रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।