२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टी फुट्ने कुनै निर्णय गर्दिनँ, विवादित निर्णय गर्नुपरे जिम्मेवारी छाड्न तयार छु’ : कार्यवाहक सभापति खड्का

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन विवादमा सहमति खोज्न निरन्तर प्रयास गरे पनि अहिलेसम्म कुनै प्रगति भएको छैन।

खड्का दिउँसो करिब १२ बजेदेखि नै केन्द्रीय सदस्य रमेश लेखकलाई साथमा लिएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग निरन्तर छलफलमा छन्।

महामन्त्रीहरूसँग खड्काले निरन्तर छलफल गरे पनि अहिलेसम्म सहमतिको कुनै मिलनबिन्दु नभेटेको एक नेताले बताए। महामन्त्रीद्वयले चुनावअघि नै नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान छाडेका छैनन्।

ती नेताले भने, ‘पूर्ण दाइले पार्टी फुट्ने गरी कुनै निर्णय गर्दिनँ, बरु कार्यवाहक सभापतिको जिम्मेवारी छाड्न तयार रहेको संकेत देखाउनुभएको छ। विवादित निर्णय आफ्नो हातबाट नहुने कुरा उहाँको प्रस्ट छ। बिहानदेखि नै रमेश लेखकलाई साथमा लिएर दुई महामन्त्रीसँग छलफलमा हुनुहुन्छ।’

मिति घोषणा गरेर नियमित महाधिवेशनको प्रक्रिया अघि बढाउने, सकेको बेलामा गर्ने भन्ने प्रस्ताव खड्काले राखेको भए पनि महामन्त्रीहरूले नमानेको ती नेताले बताए। महामन्त्रीहरूले अब महाधिवेशनको मिति नभए महाधिवेशन नै चुनावअघि नै हुनुपर्ने अडानमा राखिरहेका छन्।

परिस्थिति जटिल रहेको भन्दै भोलिसम्म सहमति जुटाउने प्रयास जारी रहने संस्थापन पक्षका ती नेताले बताए।

महाधिवेशनबारे निर्णय लिनको लागि भोलि केन्द्रीय समिति बैठक बोलाइएको छ। तर संस्थापन पक्षका नेताहरू चुनावअघि कुनै महाधिवेशन गर्न नसक्ने पक्षमा छन्।

असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठक टुङ्गिन नसक्दा खड्कामाथि चर्को दबाब छ ।