काठमाडौँ । काठमाडौँको कान्ति पथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका-२७ कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङगाको लिखु गाउँपालिका-९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको हो ।
गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।







