२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोमसको प्यारासिटामोल ‘सेटोफेन’ बजारबाट फिर्ता गर्न निर्देशन

अ+ अ-

काठमाडौँ। औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रा.लिले उत्पादन गरेको प्यारासिटामोल ट्याब्लेट (सेटोफेन) ब्याच नं. सीटी २७२३ बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएपछि विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री-वितरण रोक्का गरी उद्योगलाई बजारबाट फिर्ता गर्न आधिकारिक निर्देशन जारी गरेको हो ।

सम्बन्धित ब्याचको उत्पादन मिति २०२३ जुन र म्याद सकिने मिति २०२६ मे रहेको छ । अर्थात्, म्याद गुज्रन अब करिब ६ महिना मात्र बाँकी छ तर यो औषधि बजारमा करिब अढाइ वर्षदेखि निर्बाध बिक्री-वितरण हुँदै आएको थियो ।

विभागले बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधिका नमुना संकलन गरी परीक्षण गरिने र मापदण्डविपरीत पाइएमा सम्बन्धित ब्याच रिकल गरिएको जनाएको छ ।

औषधि ऐनको दफा १२ मा हरेक औषधि जनस्वास्थ्यका लागि सुरक्षित, प्रभावकारी र गुणस्तरीय हुनुपर्ने स्पष्ट व्यवस्था छ । सोही दफाले बजारमा पुगिसकेको कुनै औषधि गुणस्तरहीन ठहरिएमा उत्पादकले आफैँ फिर्ता लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

यद्यपि, परीक्षण प्रक्रियामा हुने ढिलाइका कारण गुणस्तरहीन औषधि लामो समयसम्म बजारमा रहने र उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम पुग्न सक्ने प्रश्न स्वास्थ्य क्षेत्रका जानकारहरूले उठाउँदै आएका छन् ।