२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले भने : ‘१५ वाम घटक बीचको एकताले रेकर्ड बन्यो, हाम्रो ध्यान एमालेतिर पनि छ’ 

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणका लागि आफूहरूको ध्यान एमालेतिर पनि रहेको बताएका छन् ।

नेकपाले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको एकता सन्देश सभामा ‘प्रचण्ड’ले १५ भन्दा बढी वाम घटक गोलबद्ध भएर नेपाली कम्युनिस्ट गठन भएको बताउँदै प्रचण्डले एमालेतिर पनि ध्यान रहेको बताएका हुन् ।

१५ वटा वाम घटकबीच एकता हुनु नेपालको इतिहासमै पहिलो रेकर्ड भएको प्रचण्डको दाबी छ । देशभरका क्रान्तिकारीले नेपाली कम्युनिस्ट पार्टी आशा र नयाँ भरोसाका साथ हेरिरहेको उनको भनाइ छ ।

उनले भने, ‘यत्ति भयो पुग्यो भन्नेमा हामी छैनौँ, हामी अझै पनि वृहत् वामपन्थी एकता हुनुपर्दछ र यो राष्ट्रको रक्षाको निम्ति, जनताको आकांक्षा र आवश्यकता परिपूर्तिको निम्ति हामीले अन्य वामपन्थी शक्तिहरूसँग पनि, हाम्रो ध्यान एमालेतिर पनि त्यत्तिकै छ, एमालेभित्रका सबै देशभक्त, सबै वामपन्थी क्रान्तिकारीहरू पनि यही नेपाली कम्युनिस्ट पार्टीमै नै केन्द्रित हुनुपर्दछ भन्ने हाम्रो जोड छ ।’

धनगढीको एकता सन्देश सभामा एमालेबाट नेकपामा प्रवेश गरेकालाई धन्यवाद दिँदै ‘प्रचण्ड’ले एमालेभित्र रहेका सबै देशभक्त, वामपन्थी नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा आउन आह्वान गरेका छन् ।

‘हामीले नेपाली कम्युनिस्ट पार्टी भन्ने नाम त्यत्तिकै राखेका होइनौँ, सबैलाई अट्न सक्ने, सबैको अधिकार, सबैको क्षमता प्रयोग हुनसक्ने नेपाली कम्युनिस्ट, सबै अट्न सक्छ, अब यहाँ माओवादी छैन, कोही समाजवादी छैन, कोही के केन्द्र छैन, कोही अर्को छैन सबै नेपाली कम्युनिस्ट, त्यसकारण अब पुच्छर झुण्डाइ राख्न पर्ने आवश्यकता छैन, हामी सबै नेपाली कम्युनिस्ट,’ उनले भने ।