२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४९ औँ प्राज्ञसभा सम्पन्न

अ+ अ-

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४९ औँ प्राज्ञसभा सम्माननीय प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति सुशीला कार्कीको अध्यक्षता सम्पन्न भएको छ।

सो अवसरमा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं प्रतिष्ठानका सहकुलपति महावीर पुनको उपस्थिति रहेको थियो ।

सभाले प्रतिष्ठानको आ.व. २०८१/०८२ को कार्यक्रमको प्रगतिको समीक्षा गर्दै स्वीकृत गरेको छ । यस्तै सभाले आ.व. २०८२/०८३ मा प्रतिष्ठानमा सञ्चालन गरिने कार्यक्रमहरू पनि स्वीकृत गरेको छ।

सभाले नेपाल सरकारबाट प्राप्त बजेटमा चालुतर्फ ३४ करोड ९४ लाख, पुँजीगततर्फ २ करोड ८३ लाख तथा वैदेशिक तथा अन्य सहयोगबाट ४६ लाख ४५ हजार र आन्तरिक स्रोतबाट २ करोड २४ लाख ९५ हजार गरी कूल ४० करोड ४७ लाख ९५ हजार को वार्षिक कार्यक्रम बजेट पनि स्वीकृत गरेको छ।

आ.व. २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदनमा औँल्याइएका विषयहरूमा समुचित ध्यान दिई आगामी वर्षमा आवश्यक सुधारका लागि निर्देशन दिएको छ ।

४९ औँ प्राज्ञसभाले प्रतिष्ठानबाट २०८२ सालमा प्रदान गरिने विज्ञान तथा प्रविधिका १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

सो अवसरमा सम्माननीय प्रधानमन्त्रीले नास्ट स्थापनाको ४ दशक पार गरिसकेको अवस्थामा विज्ञान तथा प्रविधिको क्षेत्रमा के कति योगदान दिन सकियो स्वमूल्यांकन गर्न आग्रह गरिन्। 

प्रतिष्ठानका उपकुलपति प्रा. डा. दिलीप सुब्बाले प्राज्ञसभा आयोजनाको मुख्य उद्देश्यमाथि प्रकाश पार्दै नियमित अनुसन्धानका अलावा युवाहरूमा अनुसन्धान क्षमता वृद्धि गर्न प्रशिक्षण तथा नवप्रवर्तन र उद्यमशीलतातर्फ प्रेरित गर्न अभिमुखीकरणजस्ता कार्यक्रमहरू प्रभावकारीरुपमा सञ्चालन गरिरहेको जानकारी दिए ।

प्रतिष्ठानका सचिव डा. रवीन्द्र प्रसाद ढकालले कार्यसूचीहरू अनुमोदनका लागि प्राज्ञसभा समक्ष प्रस्तुत गरेका थिए ।