२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले नेता तथा कार्यकर्ता महाधिवेशन प्रतिनिधि चयनमा व्यस्त

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा कार्यकर्ता यही मङ्सिर २७ देखि २९ गतेसम्म यहाँ आयोजना हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न आज स्वदेश र प्रवासमा व्यस्त छन् । 

पार्टीका करिब छ लाख ६७ हजार ६३० सङ्गठित सदस्यबाट झण्डै दुई हजार २०० सय प्रतिनिधि चयन गर्न जिल्ला–जिल्लामा उनीहरू व्यस्त भएका हुन् । 

 महाधिवेशनका लागि यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवक प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ भने प्रदेश कमिटीहरूबाट ४५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट करिब एक हजार, विशेष जिल्ला कमिटीबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४० प्रतिनिधि चयन हुनेछन् ।

पार्टी विधानअनुसार महाधिवेशनमा आयोजक केन्द्रीय कमिटीबाट तीन सय ५४ स्वतः प्रतिनिधि हुनेछन् । केन्द्रीय अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ र सल्लाहकार परिषद् बाट २५ प्रतिनिधि गरी चार सय ६४ स्वतः प्रतिनिधि हुनेछन् ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गत कात्तिक १५ गतेको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति एक हजार २०० सङ्गठित सदस्य बराबर दुई खुला र एक महिला एक प्रतिनिधि हुनुपर्ने व्यवस्थाबमोजिम प्रतिनिधि छनोट जारी छ  ।