काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद्ले अध्ययन बिदाको सर्त उल्लंघन गरेका ११ स्थायी कर्मचारीलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
आइतवार परिषद्को सामान्य प्रशासन महाशाखा, सिंहदरवार प्लाजाले एक सूचना जारी गर्दै कर्मचारीहरूले अध्ययन बिदामा जान स्वीकार गरी कबुलियतनामा गरे पनि निर्धारित समयमा हाजिर हुन नआएको र परिषद्को सर्त उल्लंघन गरेको भन्दै ११ कर्मचारीलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
परिषद्को मिति २०८१/१२/३१ मा बसेको ६६औँ बैठकको निर्णयानुसार अध्ययन बिदामा गएका कर्मचारीहरू निर्धारित समयमा हाजिर हुन नआएकोमा सेवाबाटै बाहिरिएको सरह मानिने व्यवस्था रहेको परिषद्ले जनाएको छ ।
यसरी अनुपस्थित रहँदै आएका कर्मचारीहरूले किन नोकरीबाट अलग नगरिने वा नगर्नु पर्ने कारणबारे पत्र प्राप्त भएको मितिले सात दिनभित्र स्पष्टीकरण पेस गर्नुपर्नेछ सूचनामा उल्लेख गरेको छ ।








