काठमाडौँ। नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापालाई पार्टी कार्यालय च्यासलमै दुर्व्यवहार गरिएको छ ।
कार्यालयबाट निस्कने क्रममा थापालाई केही व्यक्तिले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। अध्यक्ष केपी शर्मा ओलीको सुरक्षार्थ खटिएका व्यक्तिले थापालाई दुर्व्यवहार गरेका हुन् ।
‘पार्टी अध्यक्षले नै आउनुस् भन्नुभएकाले जाँदै थिए,’ थापाले भने, ‘तर उहाँको सुरक्षार्थ भनेर गलत पृष्ठभूमिका मानिसहरू खटिएका रहेछन्, उनीहरूले राजनीतिक व्यवहार गर्न जानेनन् ।’







