काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।
आज सोमवार सार्वजनिक भएको समीक्षामार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ।
राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ। त्यस्तै, नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरिएको छ। निक्षेप संकलन दर भने २.७५ प्रतिशतमा यथावत राखिएको छ। लघुवित्तबाट धितोमा दिने कर्जाको सीमा सात लाखबाट बढाएर १५ लाख रुपैयाँ कायम गरिएको छ। साथै, लघुवित्तका ऋणीहरूले कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सक्ने व्यवस्था गरिएको छ।
पूर्ण पाठ हेर्नुस् :







