२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३ नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

अ+ अ-

काठमाडौँ। सरकारले थप ३ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादनको अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजनालाई आधिकारिक उत्पादन अनुमति जारी गरेको हो ।

४५ मेगावाट क्षमताको चुम्चेत स्यार खोला जलविद्युत् आयोजना चिलिमे जलविद्युत् कम्पनीले गोरखाको चुम्चेत क्षेत्र बुढीगण्डकी नदीमा निर्माण गर्नेछ । नदी प्रवाही प्रकृतिको यस आयोजनाबाट वार्षिक करिब ३४८ गिगावाटर घण्टा ऊर्जा उत्पादन हुने अनुमान छ । उत्पादित विद्युत् ११० किमी लामो २२० केभी प्रसारण लाइनमार्फत न्यु बुढीगण्डकी प्रोक सबस्टेसनमा जोडिनेछ ।

रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी आयोजना पूरा भइसकेकाले चिलिमे कम्पनीका लागि स्यार खोला अर्को महत्त्वपूर्ण परियोजनाका रूपमा रहेको विभागले बताएको छ ।

यस्तै, विभागले ८.६० मेगावाट क्षमताको मिडिल लिखु जलविद्युत् आयोजना (रामेछाप, साँघुटार) र ४.८९ मेगावाट क्षमताको छोमरोङ खोला जलविद्युत् आयोजना (घान्द्रुक) लाई पनि उत्पादन अनुमति प्रदान गरेको छ ।

विभागका अनुसार हालसम्म कुल २६३ जलविद्युत् परियोजनाले उत्पादन अनुमति पत्र प्राप्त गरिसकेका छन्, जसको संयुक्त क्षमता ११ हजार ९७ मेगावाट पुगेको छ । चालू आर्थिक वर्षमा मात्र १३ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति दिइएको उल्लेख छ ।

यस्तै, हालसम्म १९३ आयोजनाले सर्वेक्षण अनुमतिका लागि विभागमा आवेदन दिएका छन् । चालू आर्थिक वर्षमा मात्रै ४२ नयाँ आवेदन परेको विभागले जनाएको छ । ती प्रस्तावित आयोजनाहरूको संयुक्त क्षमता करिब ९ हजार ६८९ मेगावाट रहेको छ ।