२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घनश्याम भुसालले पाए नेकपा संयुक्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी

अ+ अ-

काठमाडौँ । नेकपा संयुक्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी घनश्याम भुसालले पाएका छन् । अध्यक्ष चन्द्रदेव जोशीले आफू बुढो भएको भन्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी भुसाललाई दिएका हुन् ।

आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जोशीले घनश्याम भुसाललाई देखाउँदै भने, ‘मैले बुढो भएर काम गर्न नसक्ने भएकाले आफ्नो सम्पूर्ण बोझ, भार उहाँको काँधमा दिएर कार्यवाहकको घोषणा गरेको छु ।’

यसअघि ११ मंसिरमा घनश्याम भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी घोषणा भएको थियो ।

सो कार्यक्रममा एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ नै राख्ने, पार्टीको चुनाव चिह्न नेकपा संयुक्तकै हँसिया राख्ने र झण्डामा प्रचलित कम्युनिस्ट पार्टीको झण्डामा बौद्धिक श्रमको प्रतिनिधित्व हुने गरी संकेत प्रयोग गर्ने जानकारी दिइएको थियो ।